काठमाडौँ जान आउन नयाँ व्यवस्था

काठमाडौँ – काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले काठमाण्डौ उपत्यका भित्रिन र बाहिरनको लागि नयाँ व्यवस्था गरेको छ। अबदेखि उपत्यका प्रवेश गर्नको लागि काठमाण्डौ जिल्लाको जुन नगरपालिमा बसोबास रहेको छ सोही नगरपालिकाले दिएको अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने भएको छ।

उक्त जिल्ला प्रशासन कार्यलयबाट अनुमति माग गरी काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लेषण र यात्राको औचित्यलाई पुष्ट्याइ हुने कागजात समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गर्ने कार्यालयले जनाएको छ।

त्यसैगरी, उपत्यका बाहिर जान पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजात सहित निवेदन दिनुपर्नेछ।