उड्दै गरेको विमानबाट पाङ्ग्रा खस्यो, पाइलटले गराए सकुशल अवतरण

भारतको नागपुरबाट बिरामी बोकेर उडेको विमानको पाङ्ग्रा खसेपनि मुम्बईमा सकुशल अवतरण भएको छ । नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित उडेको एक बीचक्राप्ट जहाव उड्नेबित्तिकै पाङ्ग्रा खसेको थियो ।

पाङ्ग्रा नै नभए पनि पाइलटले कुशलता देखाउँदै राति झण्डै सवा नौ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएको हुन । आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बिरामी सुरक्षित छन् ।