गुल्मीको रुरु क्षेत्रमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ – गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पहिरोमा परि एकै परिवारका ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति अविरल वर्षासँगै आएको पहिरोमा परी रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिम आटिपाटाका राजु माझीको घर पहिरोमा पर्दा ४ जनाको ज्यान गएको हो ।

पहिरोमा परेर राजुकी श्रीमती र दुइ छोरा र एक छोरिको ज्यान गएको बताइएको छ । राजु  माझी भने वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । टाहाटिम बजार सम्म पुग्ने बाटो समेत अबरुद्ध भएकाले त्यहाबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ ।

प्रहरी टोलीलाई घटनास्थलमा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।