थप २७८ जनामा कोरोना भाइरस पुष्टि, संक्रमित २९१२ पुगे

काठमाडौँ – आज थप २७८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार थप २७८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ ।

मन्त्रालयले कुल ६८ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ । जसमध्ये अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ।