राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको घिमिरेको पारिवारिक श्रोतले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो ।

विसं १९७६ असोज ७ गते लमजुङको पुस्तनमा जन्मनुभएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिनुहुन्छ ।

घिमिरेका गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी लगायतका चर्चित कृति छन् ।