ग्लोबल आर्ट जर्नीका लागि टिआइएबाट ४ विद्यार्थी छानिए

काठमाडौँ – काठमाडौँको हात्तीगौँडामा रहेको ठुङरम इन्टरनेशन एकेडेमी अर्थात टिआइएबाट ग्लोबल आर्ट जर्नीका लागि ४ जना विद्यार्थी छानिएका छन । स्पन्दन ग्लोबल आर्ट जर्नीले आयोजना गरेको इन्डो नेपाल आर्ट फेस्टिबलमा सहभागी भई उत्कृष्ठ स्थान हासिल गरेका चार जना विद्यार्थी जर्नीमा सहभागी हुन पाउने भएका हुन ।

उत्कृष्ट १० मा टिआइएबाट सहभागी भएका चार जना विद्यार्थी उत्कृष्ट चारमा पुगेका थिए । जसमा कक्षा ८ की तानिशा यादवले दोस्रो, कक्षा ६ की प्रार्थना मल्ल तेस्रो, कक्षा १० का सुसम्पन्न सुनुवार छैठौँ र कक्षा १० कै प्रार्थना गुरुङ नवौँ स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा १०० जना विद्यार्थी सहभागी भएका थिए । उत्कृष्ट चार विद्यार्थीले ग्लोबल आर्ट जर्नीमा सहभागी हुन पाउने भएका छन । छानिएका विद्यार्थीलाई विद्यालयले एक कार्यक्रम गरी शुभकामना दिएको छ ।