नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५हजार ७६० पुगे

काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आज थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५७०० नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिए ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।