उदयपुर र जनकपुरका २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौँ -उदयपुर र जनकपुरमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेका छन् ।