नेक्सस कपमा नकआउट चरणका खेल सम्पन्न

काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा उपत्यकामा जारी छैठौँ नेक्सस संकटा उपत्यकाव्यापी फुटबलमा नकआउट चरणका खेल सम्पन्न भएका छन । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा अर्किड प्युपल र एकलब्य शिक्षा सदनले जित हासिल गरे । एकलब्य शिक्षा सदनले नेपाल डन बस्कोलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

निर्धारत समयमा दुवै स्कुलले एक एक गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो जसमा एकलब्यले चार गोल गर्दा नेपाल डन बस्कोले तीन गोल मात्र गरेको थियो । खेलमा एकलब्यका अनिल शाही म्यान अफ दि म्याच बने । आजै भएको अर्को खेलमा अर्किड प्युपलले भक्तपुर निस्टलाई ४–० गोल अन्तरले पराजित गर्यो । खेलमा अर्किडका सुमन खडका म्यान अफ दि म्याच बने ।

यसैबीच नेक्सस संकटा फुटबलका नकआउट चरणका खेल सम्पन्न भएका छन । अब मंगलबारदेखि क्वाटर फाइनल खेलहरु हुने प्रतियोगिताका संयोजक एवं नेक्ससका विवेक कटुवालले खुल्लापाटीलाई जानकारी दिनुभयो ।