७२ जिल्लामा ४३६४ पुगे कोरोना संक्रमणका विरामी

काठमाडौँ – बुधबार एकैदिन २७९ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार थप २७९ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ । जसमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भएको छ ।

कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।