नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा आज बिहान आयोजित एक सामारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

कार्यक्रममा गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले प्रहरीमा नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गर्नुभयो ।