खुल्लापाटीमा खुल्ला बहस : अबको शैक्षिक गन्तव्य के होला? (भिडियोसहित)

काठमाडौँ – शिक्षा तथा खेलकुद क्षेत्र समर्पित अनलाइन पत्रिका खुल्लापाटी डट कमले अबको शैक्षिक गन्तव्य र अनलाइन शिक्षाबारे सरोकारवालासँग छलफल गरेको छ । अनलाइनले गरेको छलफलमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद दाहाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका अध्यक्ष टीकाराम पुरी र अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी सहभागी थिए ।

सहभागीहरुले अबको शैक्षिक गन्तव्य अनलाइनमा जानुपर्नेबारे सहमत भएपनि इन्टरनेटको पहुँच, सहजता र अभिभावक सबैले त्यसमा के कसरी सहभागिता जनाउन सक्छन भन्नेबारे आशंका व्यक्त गरेका थिए । निर्देशक दाहालले सरकारले गरेका कामबारे जानकारी गराउनुभएको थियो भने प्याब्सन अध्यक्ष पुरीले निजी विद्यालयले अनलाइन सेव सुरु गर्न पहल गरिरहेको बताउनुभएको थियो ।

अभिभावक संघका अध्यक्ष पुरीले भने सबै अभिभावकसँग इन्टरनेटको पहुँच पुग्नेबारे आशंका व्यक्त गर्नुभएको थियो । खुल्लापाटीले हरेक दिन शैक्षिक र खेलकुद क्षेत्रबारे बहस सञ्चालन गर्ने भएको छ । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् :

शिक्षा क्षेत्रको आगामी गन्तव्य

शिक्षा र खेलकुद क्षेत्रप्रति समर्पित अनलाइन खुल्लापाटी डट कमको खुल्ला बहसमा आज दिउँसो १ बजे अबको शिक्षा र अनलाइनबारे निम्न वक्तासँग सार्वजनिक छलफल गर्न लागिएकाले इच्छुक सबैलाई आमन्त्रण गर्दछौँ । घरमैँ बसेर यहाँहरुले हाम्रो यो फेसबुक पेज लाइक गरी कार्यक्रम सुन्न र हेर्न सक्नुहुनेछ ।वक्ताहरु :टीकाराम पुरी : अध्यक्ष प्याब्सनमाधवप्रसाद दाहाल : निर्देशक, शिक्षा तथा मानवस्रोत विकास केन्द्रकेशव पुरी : अध्यक्ष, अभिभावक संघ नेपालसमय : दिउँसो १ बजेकार्यक्रम हेर्न हाम्रो खुल्लापाटी डट कमको पेज लाइक गर्नुहोला र समाचारहरु शेयर गर्नुहोला । धन्यवाद🙏

Gepostet von Khullapati am Dienstag, 21. April 2020