भारतको सरकारी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउने

काठमाडौँ- भारतको पंजाब टेक्निकल युनिभर्सिटीले नेपाली विद्यार्थीलेहरुलाई भारतीय विद्यार्थीले तिर्ने वराबरको शुल्क वा छात्रवृत्तिसहित अध्यापन गराउने भएको छ । युनिभर्सिटीले आज काठमााडौँमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो ।

भारतको पंजाब, बठिंडामा अवस्थित महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटीले विद्यार्थीहरूका लागि विभिन्न टेक्निकल कोर्सहरू Data science, IT and Software Engineering, Business, Cyber Security, Programming Languages, Designing, Patents and IPR जस्ता टेक्निकल कोर्सहरूमा नेपाली विद्यार्थीहरुलाई अध्यापन गराउने भएको हो ।

पत्रकार सम्मेलनमा महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटीका डा. मंजित वंशलले युनिभर्सिटीले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिइरहेको र विद्यार्थीलाई टेक्नीकल फिल्डमा विश्व स्तरमा चिनाउन युनिभर्सिटीका शैक्षिक कार्यक्रमहरू सक्षम रहेको कुरा जानकारी दिनुभयो ।
युनिभर्सिटीका ट्रेनिङ एण्ड प्लेसमेन्टस्का डाइरेक्टर हर्जोत सिंह सिद्धुले युनिभर्सिटीको शिक्षाको गुणस्तर र जब प्लेसमेन्टका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।