काठमाडौँमा दुई नर्समा कोरोनाको आशंका

काठमाडौँ । काठमाडौमा दुई जना नर्सलाई आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका थिए । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

पीसीआर विधिबाट परीक्षण गरेपछि मात्रै कोरोना संक्रमण पुष्टि हुने अस्पताल स्रोतले जनाएको छ ।