मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना, २८ जना घाइते

काठमाडौं। लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरुलाई बोकेर दोलखा हिडेको बस रामेछापमा दुर्घटना भएको छ।

काठमाडौंबाट दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

दुर्घटनाका गम्भीर घाइते दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको तामाकोसी अस्पतालका डा।केशब धामीले जानकारी दिए ।उनिहरुको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जनाएको छ ।

दोलखाको जफे जादै गरेको बस रामेछापको कुनौरीको मोडमा घुमाउने क्रममा सडकमै पल्टिएको प्रहरीले हो ।

३९ जना यात्रु बोकेको बस कुनै पनि यातायात कम्पनीमा दर्ता नरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।