उपत्यकामा थपिए १६८४ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा १६८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।