कडा निषेधाज्ञा हुँदा पनि किन बढ्दैछ काठमाडौँमा कोरोना संक्रमण ? भेटिए हालसम्मकै धेरै संक्रमित

काठमाडौँ – कडा निषेधाज्ञा हुँदा पनि काठमाडौँमा कोरोना भाइरस संक्रमित दैनिक बढ्दै गएका छन् । काठमाडौ उपत्यकामा मंगलबार हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परे । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशामा गरिएको परीक्षणमा काठमाडौँमा १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार २५० र होम आइसोलेसनमा ५ हजार ५७९ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५८१ रहेका छन् ।