थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ३३ हजार ५३३ पुगे

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।