कोरोना संक्रमित पाँचौ व्यक्तिको निधन

काठमाडौँ – कोरोना संक्रमण देखिएका थप एक जनाको बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२२ बुङमतीका एक पुरुष छन् । उनको किस्ट अस्पतालको आइसियुमा उपचार भैरहेको थियो ।

अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो। मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको निर्देशक बज्राचार्यको भनाइ छ। यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको औपचारिक पुष्टि भने गरेको छैन।