काठमाडौँमा थपिए आजसम्मकै धेरै १६३८ जना संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजसम्मकै धेरै संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा १६३८ सहित नेपालमा पछिल्लो २४ घण्टामा २७२२ कोरोना संक्रमित थपिएका छन् ।