प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश

काठमाडौँ – प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्बिनीको साझा चिनारिको रुपमा प्रदेशको नाम लुम्बिनी प्रस्ताव परिएको मन्त्री केसीले बताए ।

उक्त प्रस्तावमाथिको छलफलका लागि प्रदेशसभाको बैठक सोमबार बोलाइएको छ । राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ ।