काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ हजार ३०७ कोरोना संक्रमित निको भएका छन् ।
योसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । यसैगरि २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । जसमा २१ हजार २३४ सक्रिय संक्रमित रहेका छन् ।