एडभान्स एकाउन्टिङ : कम्पनीका सबै काम सहज र सस्तो दरमा गर्ने कम्पनी

काठमाडौँ – कम्पनी रजिष्ट्रार कार्यालयमा दैनिकजसो सेवाग्राहीको ताँती लाग्छ । हुन पनि कुनै पनि काम गर्न कम्पनी दर्ता गर्नुपर्छ । त्यसको अद्यावधिक सहित वार्षिक वित्तीय विवरण तयार गर्ने लगायतका कार्य त छँदैछ । तर, अधिकांशलाई कम्पनी दर्ता अनि त्यससँग सम्बन्धित कार्यबारे जानकारी हुँदैन ।

त्यसो त कम्पनी रजिष्टर कार्यालय बाहिर रहेका बिचौलिया र कार्यालय स्वयं पनि व्यवस्थित नहुँदा त्यहाँ पुग्ने साधारण व्यक्तिले काम फत्ते गरिहाल्न मुस्किल पर्छ । यस्तो अवस्थामा कम्पनीसँग सम्बन्धित कार्य सहज र सरल तरिकाले फटाफट गर्न विभिन्न सहायता गर्ने संस्थाहरु खुलेका छन । यस्तै मध्येको एक हो एडभान्स एकाउन्टिङ एण्ड ट्याक्स सोलुशन प्रालि ।

राजधानीको शान्तिनगर गेटस्थित हरिसिद्धि पेट्रोल नजिकै रहेको एडभान्स एकाउन्टिङ एण्ड ट्याक्स सोलुशन प्रालि कम्पनी दर्ता, अद्यावधि, वित्तीय विवरण तयार पार्ने, करसँग सम्बन्धित सबै काम गर्दै आइरहेको छ ।

कम्पनीका कार्यकारी निर्देशक नवराज काफ्ले भन्छन –‘कम्पनीको लेखा व्यवस्थापन, दर्ता, खारेजी, अद्यावधिक, वित्तीय विवरण लगायतका कार्य छिटो, सहज र सरल ढंगले गराइरहेका छौँ । ग्राहको सन्तुष्टिलाई आधार मानेर गरिने कार्यकै कारण हामीसँग आजसम्म काम गर्नुहुने सबैजना सन्तुष्ट हुनुहुन्छ ।’

कम्पनीका प्रबन्ध निर्देशक युवराज काफ्लेका अनुसार कम्पनीले लेखा व्यवस्थापन अन्तर्गत कतिपय कार्य निःशुल्क गर्दै आइरहेको छ । उनी भन्छन –‘व्यवसाय के गर्ने ? कसरी अघि बढ्ने र समय र परिस्थिति अनुरुप कस्ता व्यवसाय उपर्युक्त हुन्छन भन्नेबारे हामी विज्ञहरु राखेर व्यक्तिको सोचअनुरुपको आइडिया, तालिम र परामर्श दिन्छौँ । साथै कम्पनीसँग गरिने कार्य पनि नेपालभरमैँ सस्तो दरमा गराउँदै आएका छौँ ।’

एडभान्स एकाउन्टिङले ५५०० मैँ कम्पनी दर्ता गराउँदै आइरहेको छ । काफ्ले भन्छन–‘हामीले जम्मा ५५०० मैँ कम्पनी रजिष्ट्रेशन लगायतका कार्य गर्न थालेपछि कम्पनी रजिष्ट्रेशन कार्यालयमा मोटो रकम लिएर काम गर्ने विचौलियाले सस्तोमा काम गरेको भनेर बन्द गर्न ठूलै धम्की पनि दिए । तर हाम्रो उद्देश्य जनसेवा थियो । त्यो पनि सहज र सरल ढंगले कम्पनी सम्बन्धि कार्य गर्नेहरुसँग पुग्नु थियो । त्यसैले जनतामा यो विश्वसनीय बन्दै गयो । ’

वित्तिय व्यवस्थापन, कानुनी ज्ञानका लागि पनि एडभान्स एकाउन्टिङले परामर्श र सेवा दिँदै आएको छ । एडभान्स एकाउन्टिङले कम्पनी सम्बन्धि कार्य गर्नका लागि पोखरामा सम्पर्क , बुटवल र सर्लाहीमा कार्यालय पनि खोलेको छ । साथै मन्थली, नेपालगञ्ज, भरतपुर, जुम्ला , विराटनगरमा पनि शाखा कार्यालय खोल्न पहल गरिरहेको छ ।

कम्पनी, वित्तव्यवस्थापन, करका झण्झट लगायत समस्या भएमा न्युन सेवाशुल्कमा काम गर्ने एडभान्स एकाउन्टिङसँग काम लिनुपरेमा ९८४११७८५०५ वा ४६२०८२२ मा सम्पर्क गर्न सकिनेछ ।