मौद्रिक नीति सार्वजनिक यस्ता छन् विशेषता (पूर्णपाठसहित)

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्नुभएको छ । मौद्रिक नीतिमा कोरोना भाइरस (कोभिड १९) को संकटबाट अर्थतन्त्रलाई जोगाउने गरी नीति ल्याइएको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

मौद्रिक नीतिमा कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराइने भएको छ । पर्यटन व्यवसायसँग सम्बन्धित हवाई सेवा, होटल, रेस्टुरेन्ट लगायतका उद्योग व्यवसायलाई सहुलियत कर्जाको व्यवस्था मिलाइएको छ भने पर्यटन लगायतका कोरोनाका कारण प्रभावित भएका क्षेत्रको कर्जा भुक्तानीको म्याद थप गरिने भएको छ ।

सो क्षेत्रका असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ।

केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५ प्रतिशतसम्म मात्र कर्जा पाइने गरेको थियो । नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई स्वेच्छिक गरेको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ :