घटयो डिजेल र मटितेलको मुल्य

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपैयाँले घटाएको छ । भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।