काठमाडौँमा ३५४ सहित देशभर ९८० संक्रमित थपिए

काठमाडौँ – काठमाडौँ उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका २९०, भक्तपुरका ३२ तथा ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ।