कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघ्यो

काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ७ ६१ पुगेको छ । भाइरसबाट विश्वका २१२ मुलुक प्रताडित भएका छन् ।

२ वटा पानीजहाजमासमेत फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार बढी मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

त्यस्तै कोरोना संक्रमित करिब २१ लाख २९ हजार ७ सय मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन ।

कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।
नेपालमा भने ६१ हजार बढी मानिससँग परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट ५९ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएका छन् ।