खुल्लापाटी खुल्ला बहस : पोखरा महानगरमा अनलाइन र कोरोनापछिको शैक्षिक तयारी (भिडियोसहित)

काठमाडौँ – पोखरा महानगरपालिकामा अनलाइन शिक्षा बन्द गरिएको सहित कोरोनापछि पोखराको शैक्षिक अवस्था के होला भन्नेबारे शनिबार खुल्लापाटी डट कमको खुल्ला बहस भयो ।

बहसमा प्याब्सन कास्कीका अध्यक्ष एवं गोल्डेन नेचर बोर्डिङ स्कुलका सञ्चालक प्रेम शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पोखरा महानगरका अध्यक्ष भुवन सुबेदी, शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, र अभिभावक महासंघबाट केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष शोभाकर भण्डारीले भाग लिए ।

बहसमा सहभागीले स्थानीय तहले आगामी शैक्षिक गन्तव्यबारे ध्यान दिनुपर्ने बताए । तत्कालका लागि शैक्षिक सत्रमा कुनै असर नपरेपनि लकडाउन लामो समयसम्म रहिरहेमा शैक्षिक क्षेत्रमा असर पर्नसक्ने उनीहरुको तर्क थियो ।

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस

Gepostet von Khullapati am Samstag, 2. Mai 2020

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । श्रृङखला दिउँसो १ बजेपछि खुल्लापाटीको पेजमार्फत लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको फेसबुक पेज लाइक गरी हेर्न सक्नुहुनेछ ।