थप ३७४९ जनामा संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । अहिले सम्म ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।