प्रधानमन्त्रीले गरे कोरोना परीक्षण

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाब दिएका छन । बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको हो।

प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।