वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु

काठमाडौँ – कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्जमा आज विहानदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा लगाउनुपर्ने निष्कर्ष सहित जिल्ला प्रशासनले आज बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ ।

वीरगञ्जमा दुई दिनमा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् ।