प्रहरी हेडक्वार्टरमा थप १० जनामा संक्रमण

काठमाडौँ – प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो । योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ ।