प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

प्रचण्ड परिवारमा भने संक्रमण नभएको प्रचण्ड पुत्री गंगा दाहालले जानकारी दिनुभयो । प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो ।

निवासको गेट सुरक्षामा खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएको हो।