कुलेश्वर बल्खु क्षेत्र आजदेखि सिल

काठमाडौँ – काठमाडौं महानगरपालिकाको कलंकी, कुलेश्वर, बल्खुलगायतका स्थान सिल गरिएको छ । काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै वडा नम्बर १४ सिल गरिएको हो ।

१४ वडाभित्र पर्ने सबै आजदेखि लागू हुने गरी सिल गरिएको वडा कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जोखिम बढ्न नदिँन १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको वडाध्यक्ष शोभा सापकोटाले बताउनुभयो ।

वडा क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा अब बन्द रहनेछन् । वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।