कोरोना भाइरस : विश्वभर ४८ लाख बढी संक्रमित, भारतमा १ लाख नाघ्यो

काठमाडौँ – विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २० हजार १३० पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म ४८ लाख ९० हजार ८६३ जना संक्रमित भैसकेका छन्।

संक्रमितमध्ये १९ लाख ७ हजार ३९२ जना उपचारपछि घर फर्किएका छन् ।

भारतमा संक्रमितको संख्या १ लाख नाघ्यो
यसैबीच,  भारतमा कोरोना भाइरस (कोभिड–१९ संक्रमितको संक्रमितको संख्या १ लाख नाघेको छ । एकै दिन थप ४ हजार ६४२ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३४० पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १३१ जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।