नेपालमा आज थप ३६० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ – नेपालमा आज थप ३६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ३६० जनामा संक्रमण देखिएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या २१ हजार ७५० पुगेको उहाँले बताउनुभयो ।

त्यस्तै, नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १५ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घन्टामा २३३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६५ पुगेको छ ।