नेशन्स लिग : जर्मनी बराबरीमा रोकियो

एजेन्सी –युरोपियन नेशन्स लिग फुटबलको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा पनि रोकिएको छ । जर्मनी आइतबार राति भएको आफ्नो दोस्रो खेलमा पनि स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो ।

यसअघि पहिलो खेलमा पनि जर्मनी स्पेनसँग बराबरीमा रोकिएको थियो । गएराति सम्पन्न खेलमा १४औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो । स्वीट्जरल्याण्डका लागि ५७औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए ।

बराबरीपछि जर्मनी २ अंककासाथ समूहको तेस्रो तथा स्वीट्जरल्याण्ड १ अंकका साथ चौथो स्थानमा छ । यो समूहमा स्पेन शीर्ष स्थानमा छ भने युक्रेन दोस्रो स्थानमा छ ।