थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित १७ हजार ६५८ पुगे

काठमाडौँ – नेपालमा आज थप १५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ६५८ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० रहेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एघार हजार ६९५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५८ जना डिस्चार्ज भएका छन् ।