काठमाडौँमा ५५५ सहित उपत्यकामा ६७६ जनामा कोरोना संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५५५ जना, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा ६७६ सहित देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै १०६२ जना संक्रमण मुक्तभएका छन् ।