थप १४५९ जनामा संक्रमण पुष्टि, संक्रमित ५६ हजार ७८८ पुगे

काठमाडौँ – नेपालमा आज थप १ हजार ४५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४५९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५६ हजार ७८८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा १०६२ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।