कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । मंगलबार थप ४ जना कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीका ५७ बर्षीय पुरुष, धनुषाका ८५ बर्षीय महिला, अछामका १८ बर्षीय पुरुष र मोरङका ५७ बर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको हो ।