एन्फाले गर्यो खेलाडीको पिसिआर टेस्ट, ५३ जनाको नेगेटिभ

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणमा डाकिएका ३४ खेलाडीसहित ५४ कोरोना परीक्षण गरेको छ । एन्फाले सोमबार र मंगलबार स्वाब संकलन गरी प्रशिक्षण गरिएकोमा एक जनाको फेरि परीक्षण गर्नुपर्ने देखिएको एन्फाले जनाएको छ ।

बुधबार ११ खेलाडीसहित २५ जनाको कोरोना नेगेटिभ आएको थियो । बिहीबारको नतिजामा भने स्वाब दिएका २९ जना खेलाडी, अफिसियल र होस्टेल स्टाफमध्ये एक जनाको स्वाब भन पुनः संकलन गर्नुपर्ने देखिएको एन्फाले जनाएको छ ।

कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षण सुरु हुनुअघि स्वाब संकलन गरिएको हो । पुनः परिक्षण गर्नुपर्ने भएपछि उनले पुनः परीक्षणका लागि स्वाबसमेत संकलन गराइसकेका छन् ।

एन्फाले १ भदौबाट प्रशिक्षण शुरु गर्ने योजनासहित ३४ खेलाडीसहित टिम अफिसियल र होस्टल स्टाफको कोरोना परिक्षण गरेको थियो । एसियाली फुटबल कन्फेडेरेसन ९एएफसी० ले बुधबार मात्रै विश्वकप र एसियन कपको बाँकी रहेको छनोट खेल २०२१ सम्मका लागि स्थगित गरिएको घोषणा गरेपछि एन्फाले पनि प्रशिक्षण स्थगित गर्ने घोषणा गरेको थियो ।