गण्डकी प्रदेशमा हालसम्म २ हजार ३५२ जनामा कोरोना संक्रमण

काठमाडौँ – गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ५२ पुगेको छ ।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र , पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा तीन, तनहुँमा दुई तथा स्याङ्जा र बाग्लुङमा एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिनुभयो ।