कोरोना भाइरसका कारण ४ लाख ४५ हजार जनाको मृत्यु

एजेन्सी – गतवर्ष डिसेम्बरदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ९५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१५ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९५८ जना पुगेको छ ।

भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ ।एकै दिन १ लाख ४२ हजार ५४६ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार ७२५ पुगेको छ ।

संक्रमित ३५ लाख ४ हजार ३४१ जनाको उपचार भइरहेको छ भने ४३ लाख ६ हजार ४२६ जना उपचारपछि
निको भएका छन् ।