गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

कास्की – गण्डकी प्रदेशमा चार जिल्लाका थप नयाँ ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगे गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार ६३ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा।विनोद बिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका थप नयाँ ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरूमा नवलपरासी (बर्दघाट सस्ता पूर्व) का १९ जना, तनहँका नौ जना, पर्वतका तीन जना बाग्लुङका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।