बाढी पहिरोमा मृत्यु भएकाका परिवारलाई १ लाख दिने प्रदेश सरकारको घोषणा

काठमाडौँ – वाग्मती प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु हुनेको परिवारलाई आइतबार राहत घोषणा गरेको छ । सरकारले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई एक लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाढीपहिरोबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउने निर्णय गरेको छ ।

साथै, प्रदेश सरकारका तर्फबाट आवश्यक स्रोतसाधन उपलब्ध गराइने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।