स्पेनिस ला लिगा : बार्सिलोना २–० ले पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार रातिको खेलमा लेगानेस बार्सिलोनासँग २–० ले पराजित भएको छ ।

घरेलु मैदानमा २-० को जीतसँगै बार्सिलोनाले शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा अन्सु फातीको गोलमा अग्रता लिएको बार्सिलोनाले ६८औँ मिनेटपछि अग्रता दोब्बर पार्‍यो। लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

त्यसअघि ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन् ।