पाल्पामा ४ वटा गाडी पहिरोमा पुरिए, २ जनाको मृत्यु

पाल्पा – पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारीमा ४ वटा गाडी पहिरोमा परेर पुरिएका छन् । नगरपालिकाले खन्दै गरेको बाटोमा पहिरोले कार, जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरोमा पुरिएको २ जनाको ज्यान गएको छ भने अर्का १ जनाको उद्धार गरिएको छ ।