थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ९५६१ पुगे

काठमाडौँ – आज थप ५३५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार थप ५३५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना उपचारपछि घर फर्किएका छन्। हालसम्म २१४२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । साथै नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।