प्याब्सन, एनप्याब्सनको अपिलबारे बोल्यो शिक्षा मन्त्रालय

काठमाडौँ – शिक्षा मन्त्रालयले निजी विद्यालयका सगठन प्याब्सन र एनप्याब्सनले आइतबार जारी गरेको अपिलबारे ध्यानाकर्षण भएको भन्दै शिक्षण क्रियाकलाप बेगरका काम नगर्न सचेत गराएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज एक विज्ञप्ति जारी गरी प्याब्सन र एनप्याब्सनका समस्याबारे छलफल गर्न तयार रहेको भन्दै सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्या भए शिक्षण संस्थाहरुले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी प्राप्त निर्देशन अनुसार गर्न भनिएको छ ।

विभिन्न ५ बुँदे धारणा सार्वजनिक गर्दै मन्त्रालयले सिकाइ सहजीकरणमा समस्या भए स्थानीय तहबाट गर्न निर्देश गरेको छ । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेपछि मन्त्रालयले आज विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :